काठमाडौँ
००:००:००
२ मंसिर २०८२, मंगलवार

२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजा शान्ति योजनामा हस्ताक्षर भएको छ।

हमास समूहले इजरायली बन्धक रिहा गरेलगत्तै इजिप्टमा गाजा शान्ति योजनामा हस्ताक्षर भएको हो। ट्रम्पसहित इजिप्ट, कतार र टर्कीका नेताहरुले गाजा शान्ति योजनाको एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन उदाइरहेको छ; पुनर्निर्माण अब सुरु हुँदै छ।’ उनले इजरायल र हमासबीच युद्धविराम गराउन मद्दत गरेकामा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

यसैबीच इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले यो दिनलाई ‘ऐतिहासिक’ भनेका छन्।

इजिप्टको शर्म अल–शेखमा आयोजित गाजा शान्ति शिखर सम्मेलनमा २० भन्दा बढी देश सहभागी भएका थिए। सम्मेलनमा ट्रम्पले गाजामा निकै राम्रो दिनको सुरुआत भएको भन्दै अब पुनर्निमाणको काम सुरु हुने बताए।