काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। विशेष महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका छन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार नेता गुरु घिमिरेले हस्ताक्षर बुझाएका हुन्।

नेता घिमिरेका अनुसार देशभरका करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सुरु भएको थियो।

कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गराउनुपर्ने हुन्छ।