काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
अ+
अ-

काठमाडौं। तिब्बतमा एक कपडा कम्पनीले आतिशबाजी प्रदर्शन गरेपछि त्यस क्षेत्रका चारजना चिनियाँ अधिकारीलाई बर्खास्त गरिएको छ।

तिब्बतको कपडा कम्पनी आर्क’टेरिक्सले गत महिनामा हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन गरेको थियो। जसको व्यापक आलोचना भएको थियो।

घटनापछि चार चिनियाँ अधिकारीलाई बर्खास्त गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

तिब्बतमा ‘बढ्दो ड्र्यागन’ चित्रण गरिएको आतिशबाजी प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। जसबाट वातावरणीय चिन्ता व्यापक रुपमा उठे। यस्तो आतिशबासीको सर्वत्र बहिष्कार पनि गरियो।

सर्वत्र आलोचना हुन थालेपछि आर्क’टेरिक्स र प्रदर्शनको डिजाइन गर्ने चिनियाँ आतिशबाजी विशेषज्ञले माफी मागेका छन्।

तिब्बतको शिगात्सेका अधिकारीहरूले बुधबार एक विज्ञप्तिमा थप अधिकारीहरूको अनुसन्धान र चेतावनी दिइएको जनाइएको छ।

अधिकारीहरूले भनेका छन्- आर्क’टेरिक्स र प्रदर्शनमा भूमिका निर्वाह गर्ने साई गो चियाङले क्षतिपूर्ति दिनुपर्नेछ । उनीहरुले ‘क्षतिपूर्ति दिएर वातावरणीय सुधार’ मा योगदान गर्नुपर्नेछ ।