काठमाडौं। स्पेनिस ला लिगामा किलियन एम्बाप्पेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको छ।
रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । खेलको अन्त्यतिर गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो ।