फोटो फिचर
काठमाडौं। तिहारको लक्ष्मीपूजा। राजधानी उपत्यका पनि झिलिमिली बत्तीले धपक्कै बलेको छ। घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको छ। झिलिमिली बत्तीले सहरको रौनक मनोरम बनेको छ।
विभिन्न व्यावसायिक प्रतिष्ठान, घरको आँगनमा विभिन्नखाले बत्तीले सजाइएको छ। झिलिमिल बत्तीले उपत्यका सहर जगमग बनेको छ।
अँध्यारोमा लक्ष्मीको बास हुन्न भन्ने धार्मिक मान्यताअनुरुप सबैले आफ्ना घरका कुनै कुनालाई पनि प्रकाशविहीन राखेका छैनन्। त्यसैले पनि सहर चहकिलो र चम्किलो बनेको छ।
हेरौं उपत्यकाका विभिन्न क्षेत्रबाट लिइएका थप तस्बिर :

यो पनि…