४ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। पाल्पामा एक ७६ वर्षीया बृद्धाको हत्या भएको छ।

प्रहरीका अनुसार माथागढी गाउँपालिका-४ देउगिरकी फूलमाया जिसीको सोमबार राति हत्या भएको हो।

एक व्यक्तिले कुटपिट गर्दा उनके घटनास्थलमै मृत्यु भएको डीएसपी होमप्रकाश चौधरीले बताए। कुटपिटबाट उनका ८२ वर्षीय श्रीमान प्रेमबहादुर जिसी घाइते छन्।

प्रेमबहादुरलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ कलेजमा पठाइएको थियो।

प्रहरीले कुटपिटमा संलग्न रहेको आशंकामा फूलराम माथागढी गाउँपालिका-४ का ३७ वर्षीय मीनबहादुर विकलाई पक्राउ गरेको छ।

घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।