काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी चेस ग्रान्डमास्टर तथा अनलाइन कमेन्टेटर डेनियल नारोडित्स्कीको २९ वर्षको उमेरमा निधन भएको छ।

उनको परिवारले सोमबार चार्लोट चेस सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको ‘अप्रत्याशित’ निधनको घोषणा गरेको छ। विज्ञप्तिमा मृत्युको कारणबारे थप विवरण दिइएको छैन।

‘गहिरो दुःखका साथ हामी डेनियल नारोडित्स्कीको अप्रत्याशित निधनको घोषणा गर्दछौं। डेनियल एक प्रतिभाशाली चेस खेलाडी, कमेन्टेटर र शिक्षक थिए र चेस समुदायका एक प्रिय सदस्य थिए । जसले विश्वभरका प्रशंसक र खेलाडीहरूको सम्मान कमाएका थिए,’ विज्ञप्तिमा भनिएको छ।

अमेरिकी र अन्तर्राष्ट्रिय चेस महासंघहरू, साथै धेरै व्यावसायिक खेलाडीहरूले डेनियल नारोडित्स्कीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। डेनियल नारोडित्स्की आफ्ना अनलाइन फ्यानहरूमाझ ‘डान्या’ नामले परिचित थिए।