काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। भारत सरकारले ४८ जिल्लाका विभिन्न शैक्षिक संस्थालाई ८१ वटा स्कुल बस उपहार दिएको छ ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै कोसीका इलाम, झापा र उदयपुर जिल्लाका साथै नेपालका सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछामसहित दूरदराजका ४८ जिल्लामा रहेका विद्यालयहरूलाई ८१ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको हो ।

छिमेकी मुलुक भारतले विभिन्न समयमा नेपाललाई यस्ता सहयोग प्रदान गर्दै आइरहेको छ।