९ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमणमा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरगढी गाउँपालिका–३ घर भई हाल शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रलाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्।

उनीहरूलाई शनिबार पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको जिल्ला प्रहरी परिसरलेजनाएको छ।

प्रहरी प्रभाग साँखुका अनुसार पक्राउ परेका व्यक्ति २४ भदौमा आन्दोलनकै क्रममा शंखरापुर नगरपालिका–६ साँखुस्थित प्रहरी प्रभागमा आगजनी गरी प्रहरीमाथि कुटपिटमा संलग्न थिए।

त्यस्तै, प्रहरी वृत्त बौद्धले शनिबार गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट २९ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको छ। २४ गतेको जेन्जी आन्दोलनका क्रममा लुटपाट गरी हतकडी र सोको चाबी समेत लुटेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

उनी झापा जिल्लाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौं बालाजु बसोबास गर्दै आएका व्यक्ति रहेको जनाएको छ।

पक्राउ परेकाविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ।