११ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोलअन्तरले पराजित गरेको छ।

एटलेटिको म्याड्रिडको जितमा गिउलियानो सिमोने र एलेक्स बाएनाले एक एक गोल गरेका थिए।

खेलको सुरुवाती तेस्रो मिनेटमै जुलियानो सिमेओनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलेक्स बीएनाले अर्को गोल थप्दै एट्लेटिकोको जित सुनिश्चित गरे।

यो जितपछि एटलेटिको म्याड्रिडको १० खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यसैगरी रियल बेटिसको १० खेलमा १६ अंक रहेको छ हाल छैटौं स्थानमा छ।