काठमाडौं। सिन्धुलीमा कार दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ। घटनामा श्रीमती गम्भीर र छोरा घाइते भएको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। उनकी ४९ वर्षीया श्रीमती सुनिता गम्भीर घाइते रहेको सुवेदीले बताए।
३१ वर्षीय छोरा निशान्त मध्यम घाइते छन्। घाइते आमाछोराको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार बिहान सवा ११ बजे सुनकोशी गाउँपालिका-६ चैनपुरस्थित बिपी राजमार्गमा विराटनगरबाट-काठमाडौं आउँदै गरेको बा७च ७५५४ नम्बरको कार आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। कार सडकदेखि करिब ४२ फिट तल खसेर दुर्घटना हुँदा ओमबहादुर गम्भीर घाइते भएका थिए।
उनलाई सामुदायिक अस्पताल खाल्टेमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको सुवेदीले बताए। कार ओमबहादुरले हाँकेका थिए।