काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ। अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो।
त्यस्तै, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।