काठमाडौँ। बर्दियामा लोपोन्मुख वन्यजन्तु ओतको छालासहित एक जना पक्राउ परेका छन्।
राजापुर नगरपालिका–१, दौलतपुरका २७ वर्षीय अरुण सोनाहालाई प्रहरीले ओतको छालासहित पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोनाहालाई पक्राउ गरेको हो।
पक्राउ परेका सोनाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, गुलरिया पठाइएको डीएसपी चौधरीले जानकारी दिए।