१३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले बिहीबार घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।

यो खेल नेपाली सयमअनुसार आज बिहान ११:१५ बजे यूएईमा हुनेछ।

लिग–२ अन्तर्गत यूएईमा भइरहेको यो शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। यसअघि अमेरिकाले शृङ्खलाको पहिलो खेलमा नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।