काठमाण्डौँ। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुँदैछ।
उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरुको मुद्दाको सुनुवाइ हुन लागेको हो।
यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।
लामिछानेले आफ्नो भागको बिगोअनुसारको रकम बुझाइ थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति मागेका थिए। जिल्ला अदालत रूपन्देहीले यो निवेदन खारेज गरेपछि उनी उच्च अदालत पुगेका हुन्। उनले बिगोबापत बैंक ग्यारेण्टी पनि पेश गरिसकेका छन्।