काठमाडौँ। एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आज (आइतबार) भारतको चेन्नई प्रस्थान गरेको छ। टोलीमा खेलाडीसहित ३६ जना सहभागी छन्।
नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडीमा गिर्वाणविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, शर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सीता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनीलकुमार लालवनी, श्रवणकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन्।
टोली प्रमुखमा जीएन शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापालगायत छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे।