२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सरकारले विभिन्न ११ देशबाट फिर्ता बोलाएकामध्ये नेपालका लागि बेलायतका राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन्।

कतिपय देशबाट राजदूतहरू हिँडिसकेका र केही स्वदेश आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले ती सबै राजदूतलाई आज (बिहीबार) सम्म नेपाल फर्कन म्याद दिएको थियो।

कामकाज गर्ने गरी बोलाइएकाले उनीहरूलाई मन्त्रालयमा सोहीअनुसार व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतिपय देशबाट राजदूतहरू हिँडिसकेका र केही स्वदेश आइपुगेका छन्।

सरकारले चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहानलाई फिर्ता बोलाएको थियो।

त्यस्तै साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका दुर्गाबहादुर सुवेदीलाई पनि फिर्ता बोलाइएको छ।

यो पनि…

११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

राजदूत फिर्ता कार्यान्वयनमा सर्वोच्चको रोक