२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनको क्रममा प्रहरीबाट लुटेको हतियारसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका-१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना रहेका छन्।

ढुंगानालाई बिहीबार काठमाडौँ महानगरपालिका-३२ सहयोगीनगरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ढुंगानालाई मल्टी ग्यास गन एक थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गार्डसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उक्त हतियार कुन प्रहरी कार्यालयबाट लुटिएको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

ढुंगानालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।