काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। एरोन थापाको गोलसँगै विजय स्पोर्ट्स क्लबले एन्फा प्रेसिडेन्ट लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

हेटौँडास्थित गौरिटार रंगशालामा शुक्रबार सम्पन्न खेलमा विजयले चित्लाङ फुटबल क्लबसँग १–१ गोलकव बराबरी खेलेको हो। विजयका एरोनले गोल गरे भने चित्लाङका विज्ञान खड्काले गोल फर्काए।

योसँगै चित्लाङले २ खेलबाट चार अंक पुर्‍याएको छ। पहिलो खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४–१ ले पराजित गरेको थियो। विजयको भने यो दोस्रो बराबरी हो। यसअघि लालिगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

खेलको पहिल हाफको इन्ज्युरी समयमा एरोनले विजयका लागि खाता खोलेका थिए।

तर, ७२औं मिनेटमा विज्ञानले चित्लाङलाई खेलमा फर्काए। त्यसको २ मिनेटपछि नै चित्लाङले लगातार दोस्रो जित निकाल्ने मौका पाएका थिए। तर, पेनाल्टीमा शिशिर लेखी चुके।