काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्वत साबिक बेउलीबास गाविस-३ ठेगाना भएका रेशमबहादुर राना रहेका छन्। एनसीबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ।

रेशमबहादुरलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद ठहर गरेको थियो। घटनापछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले इन्टरपोलमा चिठी लेखेको थियो।

इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रधान कार्यालयले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।