काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ कार्तिक २०८२
अ+
अ-

बिर्तामोड। विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको उपाधिनजिक पुगेको छ।

शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले संकटा फुटबल क्लबलाई २० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा पुलिसले २ गोल गर्‍यो। ७०औं मिनेटमा पुलिसले खेलमा अग्रता बनायो। करिब ३० यार्ड टाढाबाट पूजा रानाले फ्रिकिकमार्फत दिएको बललाई मिना देउवाले सटिक हेडर गर्दै गोल गरिन्।

८२औं मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो। संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन्।

खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वानभर्सेसवानको सुनौलो मौका गुमाइन्। इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनु परियारको सट गोलपोस्ट नजिकैबाट बाहिरियो।

पुलिसले अब उपाधिका लागि फाइनलमा शनिबार हुने एपीएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ।