२२ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका ६, तेडियाडाँगीकी २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरभित्र खाद्य भण्डारमा सामान निकाल्ने क्रममा शुक्रबार राति साढे ८ बजे गोमन सर्पले उनको दायाँ खुट्टामा डसेको थियो। त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति पौने १२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

गर्मीसँगै बर्खामा सर्प डसाइको प्रकोप हुने गरे पनि हिउँदका समयमा समेत सर्प डसाइका घटना हुँदै आएको केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले बताए। केन्द्रमा चालु आवको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको पनि उनले जानकारी दिए।