काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल र ग्यास खरिद जारी राखे पनि हंगेरीलाई प्रतिबन्धबाट एक वर्षको छुट दिएका छन्।

ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको निर्णयको बारेमा जानकारी गराएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

यसअघि ट्रम्पले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई छुट दिने विचार गरिरहेको बताएका थिए।

ओर्बन ट्रम्पनिकट मानिन्छन् तर युक्रेन युद्धको समयमा पनि उनले रूससँग राम्रो सम्बन्ध कायम राखेका छन्।

ह्वाइट हाउसमा शुक्रबार ओर्बनको भ्रमणका क्रममा ट्रम्पले हंगेरीलाई अन्य देशहरूबाट तेल र ग्यास आयात गर्न धेरै गाह्रो भएकोले छुटबारे विचार भइरहेको बताए।

अमेरिकाले गत महिना रुसका दुई ठुला तेल कम्पनीहरूलाई कालोसूचीमा राखेपछि र उनीहरूबाट तेल खरिद गर्नेहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यो निर्णय आएको हो।