२३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति भएको खेलमा  चेल्सीले घरेलु मैदानमा वुल्भ्सलाई ३–० ले पराजित गर्दै तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

खेलको पहिलो हाफ गोलरहित तर चेल्सीले दोस्रो हाफमा ५१औँ मिनेटमा मालो गुस्टोले गोल गरे। त्यसपछि ६५औँ मिनेटमा जाओ पेद्रोले गोल गर्दै अग्रता दोब्बर बनाए। अन्ततः ७३औँ मिनेटमा पेद्रो नेटोले गोल गर्दै जित पक्का गरे।

यो जितपछि चेल्सी २० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पुछारको वुल्भ्सको २ अंक छ।