सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता थपियो : अध्यक्ष दाहाल

२३ कार्तिक २०८२
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताबीच देखिएको दूरीले २१ फागुनको निर्वाचन तयारीमा जटिलता थपिएको बताएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा उनले आगामी निर्वाचन तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलबीच अपेक्षित सहकार्य नदेखिएको दाबी गरे।

उनले निर्वाचनजस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भए पनि अहिले त्यस्तो वातावरण बन्न नसकेको बताए।

२०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठे पनि त्योबेला र अहिले फरक परिस्थिति रहेको अध्यक्ष दाहालको धारणा छ।