काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।
सिटीका लागि एर्लिङ हालान्डले खेलको २९औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा गन्जालेले दोस्रो गोल थपे भने दोस्रो हाफको ६३औं मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।
यो जितसँगै म्यानचेस्टर सिटी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।