काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ। आगामी नोभेम्बर १३ देखि १९ सम्म देहरादुनस्थित आयुश क्रिकेट एकेडेमी, चिद्दरवालामा स्थानीय टोलीसँग श्रृंखला खेल्न लागेको हो।

नेपालले भ्रमणका क्रममा राजस्थान, बंगाल र सीएयू (सीएयू) विरुद्ध ६ खेल खेल्ने छ।

नेपालले पहिलो खेल नोभेम्बर १३ मा राजस्थानविरुद्ध खेल्नेछ। त्यसपछि १४ मा सीएयू, १५ मा बंगाल, १७ मा पुनः राजस्थान, १८ मा सीएयू र अन्तिम खेल १९ नोभेम्बरमा बंगालविरुद्ध खेल्ने नेपाल क्रिकेट संघ (क्यान)दे जनाएको छ।

क्यानले सोमबार कप्तान इन्दु बर्माको नेतृत्वमा टोली घोषणा गरेको छ। टोलीमा कविता कुँवर, सना परभिन, रुविना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमना केसी र ममता चौधरी रहेका छन्।