काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन्।
३० वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा गएका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि खापुङको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए। “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहनेछ‚” अर्यालले भने।
गृहसचिव रामेश्वर दंगालले प्रहरी संगठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताए। आईजीपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठाभाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा राखे।