दाहालको दाबी- एमाले छोडेर सबै नेता नेपाली कम्युनिस्ट पार्टीमा आउँछन्

२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेता आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

भीमबहादुर रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमतिपत्रमा बुधबार हस्ताक्षरपछि सञ्चारकर्मीसँग दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई हावादारी बताउँदै यस्तो दाबी गरेका हुन्।

“१२ वटा समूह एक ठाउँमा आइसक्यौं,” उनले भने, “केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।” उनका अनुसार हालसम्म १२ वटा राजनीतिक दल र समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।

गत १९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल र समूहहरूले एकीकरण गर्दै नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेका थिए।