काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ कार्तिक २०८२
अ+
अ-

काठमाडौं।  विश्वकप २०२६ छनोट अन्तर्गत  आयरल्यान्डले पोर्चुगलमाथि २-० को प्रभावशाली जित दर्ता गरेको छ।

रिपब्लिककाे जितमा टाेरी पारोटले दुवै गाेल गरे। उनले पहिलाे हाफकाे १७औँ तथा ४५औँ मिनेटमा गाेल गरे।

यस्तै, पाेर्चुगलका कप्तान क्रिस्टियानाे राेनाल्डले खेलकाे ६१औँ मिनेटमा राताे कार्ड व्यहाेरेपछि मैदान छाडे। राेनाल्डाेले करिअरकाे १२औँ राताे कार्ड व्यहाेरेकाे हुन्।

यो जितसँगै आयरल्यान्डको विश्वकप सपना अझ बलियो बनेको छ। समूह ‘एफ’को शीर्ष स्थानको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नेछ।