३० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा रोकिएको छ।

आज ३३७ कम्पनीका ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच भए। जुन ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ रुपैयाँबराबरको कारोबार भएको छ।

कारोबारमा होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहबाहेक सबै समूह राताम्मे बने।

सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् यी तीन कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढे।

सबैभन्दा धेरै गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।