सुनसरी। सुनसरी खोलामा डुबेर एकजनाको मृत्यु भएको छ।
बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा आज (बुधबार) दुईजना डुबेका थिए। त्यसमध्ये एकजनाको मृत्यु भएको र एकजनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।
प्रवक्ता खड्काका अनुसार आज (बुधबार) बिहान करिब साढे २ बजेतिर नुहाउन पुगेका मोरङ सुन्दरहरैँचा ३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको उनले बताए।
इनरुवा नगरपालिका ५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ।