काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ मंसिर २०८२
अ+
अ-

काठमाडौं। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले मुख्यमन्त्रीको सरकारी निवास आजदेखि छाडेका छन्।

मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएपछि पनि पूर्व मुख्यमन्त्री सोनल मुख्यमन्त्री निवासमै बस्दै आएका थिए भने सरोज यादव भाडाको घरमा बस्दै आएका थिए।

पूर्वमुख्यमन्त्रीको कब्जामा सरकारी निवास, भाडाको घरमा बहालवाला मुख्यमन्त्री

मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनललाई मुख्यमन्त्री निवास खाली गर्नका लागि दिएको अल्टिमेटम समयभित्रै खाली गरेका हुन् । मुख्यमन्त्री यादवले विभिन्न दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री निवास खाली गराइदिन आग्रह गरेका थिए ।

यादवले आफूलाई सेना र प्रहरीले मुख्यमन्त्री निवासमा बस्न पटकपटक आग्रह गर्दै आएको र आफू भिडन्त नचाहेको कारणले मुख्यमन्त्री निवासमा नजान चाहेको भन्दै विभिन्न राजनीतिक दलहरुलाई गर्दै मुख्यमन्त्री निवास छाड्न सहयोग गर्न आग्रह गरेका थिए।