काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

७ मंसिर २०८२
अ+
अ-

भोजपुर। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

स्थानीय टुँडिखेलमा आज (आइतबार) आयोजित कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रममा उनले श्रमबिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे। देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए।

“युवाले आफूहरु कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझ्न आवश्यक छ‚” साम्पाङले भने। युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको पनि बताए।