८ मंसिर २०८२
अ+
अ-

पर्सा। प्रहरीले पर्साबाट एकजना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका १‚ पर्साका ३४ वर्षीय अवधेश पटेल छन्।

धोरे चेक प्वाइन्टस्थित सडकबाट पटेललाई नगदसहित आइतबार अपराह्न पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) हरिबहादुर बस्नेतले बताए। पटेल बीआर२२एएफ ४१२६ नम्बरको मोटरसाइकलमा चढेका थिए।

उनको साथबाट १५ लाख रुपैयाँ बरामद भएको बस्नेतले बताए। पटेलले झोलाभित्र कालो प्लास्टिकमा १०००, ५००, १०० र ५० दरका नोट लुकाएका थिए।

स्रोत नखुलेको रकम हुन्डी कारोबारमा प्रयोग हुने हुनाले प्रहरीले बरामद गरी कारबाही गर्ने गरेको छ। त्यस्तो रकमले बैंक तथा वित्तीयसम्बन्धी प्रचलित कानुनको रित पुर्‍याएको हुँदैन। पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।