सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ मा रहेको काँक्रेविहार जंगलमा मृत भेटिएका किशोर-किशोरीको पहिचान खुलेको छ।
मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका १०‚ खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार, आज (सोमबार) बिहान सवा ११ बजे जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।