काठमाडौँ। हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। खगेन्द्र सुनार नेतृत्वको पार्टीले सोमबार दल दर्ताको प्रमाणपत्र लिएको हो।
सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन्। उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए।
