काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

खिचिक्क

८ मंसिर २०८२
अर्थ मन्त्रालय। तस्बिर : बिक्रम राई
अ+
अ-

जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सिंहदरबार जलेको दृश्यले आम मानिसको मन दुखेको थियो। आन्दोलनका क्रममा २३ भदौमा हत्या गरिएका युवाको शोकमा डुबेका देशवासीलाई भोलिपल्टको अन्धाधुन्ध आगजनी र भौतिक विध्वंसले थप पीडा दिएको थियो। सिंहदरबारभित्रका कैयौँ मन्त्रालयसहित महत्त्वपूर्ण भौतिक संरचना आजगनीको सिकार भएका थिए।

कार्यालय परिसरमा रहेका सरकारी गाडी मात्र होइन, भवनभित्रका फर्निचरहरूसमेत त्यस दिन जलाइएका थिए। आगजनी र तोडफोडकै कारण कति मन्त्रालय त सञ्चालन गर्न लायकसमेत थिएनन्। तर, अहिले अवस्था बदलिएको छ। आगजनीले कुरूप भएका मन्त्रालयका रंग फेरिएका छन् भने कतिपय मन्त्रालय पुरानै अवस्थामा फर्किएका छन्।

सिंहदरबारको मुख्य भवन हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय। त्योबाहेक आगजनीले विरूप भएका भवनको स्वरूप बदलिएको देखिन्छ। ८ मंसिर २०८२ मा सिंहदरबारभित्र क्यामेरा बोकेर पुग्दा जेन-जी आन्दोलनपछिको परिदृश्य बदलिएको प्रस्ट देखियो। सरकारी भवनहरू रंगरोगनले सजिएको पाइयो। लाग्थ्यो, सिंहदरबारका शासक मात्र बदलिएका छैनन्, भवनहरूले पनि रूप फेरेका छन्।

तस्बिरमा बदलिएको सिंहदरबारको स्वरूप :