काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नीरजकुमार यादवको शतकसँगै नेपालले एसीसी यू-१९ प्रिमियर कपमा विजयी सुरुआत गरेको छ।

यूएईको अजानमा मंगलबार सम्पन्न खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले पराजित गरेको हो। साउदीले दिएको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका ओपनर यादवले सर्वाधिक ११४ रन बनाए। ९० बल खेलेका उनले १३ चौका र एक छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि वंश क्षेत्रीसँग ६३ रनको साझेदारी गरेका थिए।

वंशले ३० रन बनाए। यस्तै निश्चल क्षेत्रीसँग १४८ बलमा १५५ रनको विशाल साझेदारी गर्दै जितनजिक पुर्‍याए। अविजित रहेका वंशले ६६ रनको योगदान दिए। साउदीका मोहम्मद जुबेरले एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ थालेको साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।

साउदीका जुवेरले सर्वाधिक ४८ रन बनाए। ७६ बल खेलेका उनले ३ चौक र १ छक्का प्रहार गरे।

मोहम्मद रेहान ४१, अमिर अहमद ३९ र मज्दी २५ रनमा आउट भए।

नेपालका अशोक धामीले सर्वाधिक २ विकेट लिए। दयानन्द मण्डल, सुशीलबहादुर रावल, चिव्रिन श्रेष्ठ र दर्श सोनारले समान १-१ विकेट राखे।