प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर आज (बिहीबार) प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सक्दो भूमिका खेलिदिन आग्रह गरिन्।
अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिइन्। “हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो‚” ठाकुरले भने।
उनले तराई-मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनालाई गति दिन सरकारसँग आग्रह पनि गरे।