काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ आफ्नो चारवर्षे कार्यकाल पूरा गरी बिदा भएका छन्। शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजित एक कार्यक्रममा घिसिङसहित राखेप बोर्ड सदस्यहरूलाई बिदाइ गरिएको छ।
घिसिङ १३ मंसिर २०७८ मा सदस्यसचिव नियुक्त भएका थिए। उक्त कार्यक्रममा ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्ससमेत वितरण गरिएको थियो।