धनुषा। धनुषामा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएअनुसार बालिका बलात्कार आरोपमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५‚ महेन्द्रनगरका ६७ वर्षीय रामभगत साहलाई पक्राउ गरिएको हो।
आरोपी साहले आज (शनिबार) बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।