काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाबाट हिजोआज दिनहुँजसो हिमाल अवलोकन गर्न सकिन्छ।

वरिपरि देखिने टाढाका सेत्तामे हिमालहरू साँझतिर झनै मनमोहक देखिन्छन्। उपत्यकामा चिसो बढेसँगै साझा परेपछि सूर्यास्तको फरक-फरक रंगले काठमाडौँको आकाश मिनेट-मिनेटमा बदलिन थालेको छ। अस्ताउँदो सूर्यको सुनौलो किरण हिमालको हिउँमा परेर झनै चम्किने दृश्यले उपत्यकावासीलाई मोहित बनाइरहेको छ।

काठमाडौँबाट देखिने प्रमुख हिमालमध्ये गणेश हिमाल, हिमालचुली, लाङटाङ साथै ८,१५६ मिटर अग्लो मनास्लु हिमालसमेत प्रस्ट देखिने गरेका छन्।

यिनका अतिरिक्त उपत्यकाबाट दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकरजस्ता हिमाल पनि स्पष्ट देखिन्छन्।

हेरौँ नेपाल फोटो लाइब्रेरीले खिचेका यिनै मनोरम दृष्य :