काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। करिब साढे दुई वर्षदेखि काठमाडौँ महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा क्षेत्र अव्यवस्थित बनेको छ। फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रु जोखिम मोलेर हिँड्न बाध्य छन्।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक साँघुरो बनेको छ। वीर अस्पताल आसपास दैनिक ठूलो संख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी