काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१६ मंसिर २०८२
मधेस प्रदेश सभा।
अ+
अ-

जनकपुर। मधेस प्रदेश सभाको बैठक भोलि (बुधबार) बिहान साढे ८ बजेका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वास मत लिन भनेपछि प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय सर्वदलीय बैठकबाट भएको हो।

बैठक आह्वानसम्बन्धी सूचना प्रदेश सभा सदस्यहरूलाई पुर्‍याइएको छ। उपसभामुख बबिताकुमारी राउत ईशरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट बिहानका लागि बैठक आह्वान गर्ने सहमतिअनुसार बैठक आह्वान गरिएको हो। प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बिहान ७ बजे आह्वान गरिएको छ।

सर्वोच्च अदालतले हिजो (सोमबार) मुख्यमन्त्री यादवलाई चौबीस घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भएको हो। मुख्यमन्त्री यादवले सर्वोच्चको आदेश आफ्नो हातमा नपरेको बताउँदै प्रदेश सभाबाट विश्वासको मत लिन तयार भएको मंगलबार पत्रकार सम्मेलन गरेर बताएका छन्।

आफूले विश्वासको मत पाउनेमा विश्वस्त रहेको पनि पत्रकार सम्मेलनका क्रममा बताएका छन्। उनले विगतमा नेकपा एमालेले मुख्यमन्त्री बनाउन धेरै दलहरुलाई सहयोग गरेको र अहिले आफूलाई ती दलले सहयोग गर्ने दाबी गरे।

यो पनि…

मधेस प्रदेश : मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने