काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ।
बिहीबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० गोलले पराजित गरेको हो।
मिकेल मेरिनो र बुकायो साकाले १-१ गोल गरेपछि घरेलु मैदानमा आर्सनल २-० ले विजयी भयो। मेरिनोले ११औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। साकाले इन्जुरी समयमा गोल थप्दै २-० को जित पक्का गरे।
यो जितपछि आर्सनलको १४ खेलबाट ३३ अंक भएको छ। म्यानचेस्टर सिटी २८ अंकमा दोस्रो स्थानमा छ।