काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको सपथ लिएका छन्।

मधेस प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई सपथ खुवाएका हुन्। यादवले मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् ।

शपथ कार्यक्रममा निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, सतीश कुमार सिंहसहित सहभागी थिए।