काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका १३, मौलाकोटस्थित डुम्मरगाउँका शिरबहादुर पुनले व्यावसायिक रुपमा मौरी पालन गरेका छन्। मौरीपालनबाट उनको घरखर्च चलेको छ।
उनी आफूले पालेका मौरीको स्याहार आफैँ गर्छन्। समय पुगेपछि मह प्रशोधन गर्छन्। उनले मह प्रशोधनका क्रममा सुरक्षित रहन झुलको प्रयोग गर्छन्।
मौरीको टोकाइबाट जोगिन सुरक्षात्मक झुल टाँगेर मह प्रशोधन गर्ने गरिन्छ ।

