पर्सा। जिउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका १९ का ४५ वर्षीय सुरेशप्रसाद कलवारलाई पक्राउ गरेको हो।
कलवारलाई वीरगन्ज महानगरपालिका ९ बाट आइतबार अपराह्न पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।
बस्नेतका अनुसार कलवारविरूद्ध साबिक बिन्दवासिनी गाविस ६ का बृजेशप्रसाद कलवारले जाहेरी दिएका थिए। १७ चैत २०६२ मा जाहेरी परेकोमा कलवार फरार रहेका थिए। कलवारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।