काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ। राजसंस्था, राजनीतिक दल र जेन-जीबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ।

राप्रपाद्वारा आज (मंगलबार) आयोजित प्रदर्शनी एवं सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए। यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ।

उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तरजिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए। उनले भने, “नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस्। चुनावमा हतार नगरौँ। यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ।”